एनपिएलमा रोबोट डग हेर्न पाइने

बुधबार, कात्तिक २६, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा यसपटक नयाँ आकर्षणका रूपमा रोबोट डग प्रस्तुत हुने भएको छ।

ओमोडा–जेइकोले एनपीएलको ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्दै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलका क्रममा आफ्नो अत्याधुनिक रोबोट डग प्रदर्शन गर्ने तयारी गरेको हो।

अघिल्लो सिजनमा पनि ओमोडा–जेइको एनपीएलसँग जोडिएको थियो। यस वर्ष यसको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले दर्शक र खेलाडी दुबैलाई रोबोटसँग प्रत्यक्ष इन्टरअक्सन गर्ने अवसर प्रदान गर्नेछ।

कटिङ–एज टेक्नोलोजीमा आधारित यो इन्टेलिजेन्ट मेकानिकल रोबोट चीनको चर्चित अटो कम्पनी चेरी अटोमोबाइलअन्तर्गतको सबब्रान्ड ओमोडा–जेइकोले तयार पारेको हो। रोबोट डगले कुद्न, उफ्रन र भ्वाइस कमान्डमा चल्न सक्ने विशेषता राख्छ। यसमा जडान गरिएको क्यामेरा प्रणालीले यसको गतिशीलता र इन्टरअक्सन क्षमता थप बढाएको छ।

ओमोडा–जेइको ग्लोबलको एइमोगा टेक्नोलोजी प्रालिको अत्याधुनिक प्रविधिमा बनेको यो रोबोट डगलाई नेपालमा उपयुक्त नामकरणका लागि सुझाव मागिएको पनि कम्पनीले जनाएको छ।

नेपाली खेल क्षेत्रमा आफ्नो उपस्थिति अझ सबल बनाउने उद्देश्यसहित, ओमोडा–जेइकोले यसपटक एनपीएल सिजन २ को म्यान अफ द टुर्नामेन्टलाई ब्रान्डको प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ।

मंसिर १ गतेदेखि सुरु हुने एनपीएल सिजन २ मा यसपटक प्रविधि र खेलको संयोजनले मैदानमा नयाँ अनुभव दिलाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्