हिक्मत महरा सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडी 

मंगलबार, कात्तिक २५, २०८२

काठमाडौँ :हिक्मत महरा सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडी बनेका छन् ।

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिताका लागि रोयल्सले महरालाई आइकोनिक खेलाडी छनोट गरेको हो । कैलालीको धनगढीमा दुई दिन भएको ‘ट्यालेन्ट हन्ट’मार्फत तीव्र गतिका बलर महरालाई आइकोनिक खेलाडीमा छनोट गरिएका रोयल्सका मुख्य प्रशिक्षक जगत टमटाले जानकारि दिए  । रोयल्सका अनुसार ट्यालेन्ट हन्टमा झन्डै तीन सय खेलाडी सहभागी भएका थिए ।

मुख्य प्रशिक्षक टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो । आइकोनिक खेलाडी बनेसँगै महराले अब सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने छन् । आइकोनिकबाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ ।

जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलको खेल तालिका सार्बजनिक
मंगलबार, कात्तिक २५, २०८२

शरद भेषावकरले सन्यास लिए
मंगलबार, कात्तिक २५, २०८२

हङकङ सिक्सेसको उपाधि पाकिस्तानलाई
मंगलबार, कात्तिक २५, २०८२