एनपिएलको खेल तालिका सार्बजनिक

उद्घाटनमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज भिड्ने 
सोमबार, कात्तिक २४, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएलको खेल तालिका सार्बजनिक भएको छ ।

एनपिएलको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्बजनिक भएको खेल तालिका अनुसार फाईनल सहित कूल ३२ खेलहरु हुने छन् । समुह चरण्मा २८ खेलहरु तय भएका छन् । दुई क्वालिफायर तथा एक इलिमिनेटर सहित अन्य तीन खेल र एक फाईनल खेल हुनेछ ।

खेलहरु त्रिवि क्रिकेट मैदान किर्तिपुरमा खेलाईनेछ । मंसिर १ गते दिउँसो ४ बजे उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज भिड्नेछन् । यस पटकको खेलहरु फ्लडलाईटमा खेलाईने लगभग पक्का भएको छ ।

पहिलो खेल बिहान सवा ११ तथा दोस्रो खेल ४ बजे खेलाईने छ ।

प्रतियोगितामा जनकपुर बोल्ट्स,सुदुरपश्च्मि रोयल्स,कर्णाली याक्स,चितवन राइनोज,काठमाण्डु गुर्खाज ,बिराटनगर किङ्स लुम्बीनी लायन्स र पोखरा एभेन्चर्स सहित ८ टोलीले सहभागिता जनाउनेछन् । 

580583236_122174137442455690_3488956204111858026_n-1762781422.jpg


 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्