सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
आज हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले संन्यास लिएका हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै भेषावकरले ओडीआईमा डेब्यु गरेका थिए । उनले जम्मा ४ ओडीआई खेल मात्र खेलेका छन् । पछिल्लो पटक उनले सन् २०२१ मा ओमानविरुद्ध खेलेका थिए । नेपाली टोलीका अनुभवी खेलाडी भेषावकरले टी–२०आईतर्फ २० खेल खेलेका छन् ।
सन् २०१४ मा हङकङविरुद्ध खेल्दै उनले टी–२०आईमा डेब्यु गरेका थिए ।
आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ ।