सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ ।
आज भएको फाइनल खेलमा पाकिस्तानले कुवेतलाई ४३ रनले पाखा लगाएको हो । पाकिस्तानले दिएको १३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कुवेती टोली ९२ रनमा अलआउट भयो । उसका लागि मिट भवसारले ३४ र अदनान इद्रिस ३० रन बनाए ।
पाकिस्तानका माज सदाकतले ३ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३ विकेटको क्षतीमा १३५ रन बनाएको थियो ।