दक्षिण अफ्रिका विरुद्दको एक दिवशीय सिरिज पाकिस्तानलाई

शनिबार, कात्तिक २२, २०८२

काठमाडौँ :दक्षिण अफ्रिका विरुद्दको एक दिवशीय अन्तराष्ट्रिय सिरिज घरेलु टोली पाकिस्तानले हात पारेको छ ।

शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै पाकिस्तानले सिरज २–१ ले कब्जामा लिएको हो । १४४ रनको लक्ष्य पाकिस्तानले २५.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानको जितमा सइम एयुबले सर्वाधिक ७७ रन जोडे । मोहम्मद रिजवान ३२ रनमा अविजित रहँदा बाबर आजमले २७ रन जोडे ।  

त्यसअघि पाकिस्तानको फैसलावादमा टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिका,३७.५ ओभरमा १४३ रनमा अलआउट भयो । उसकालागि क्वीन डि ककले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे । लुआन–ड्रे प्रिटोरियसले ३९ तथा कप्तान म्याथ्यू ब्रिट्ज्केले १६ रन बनाए ।

बलिङतर्फ अबरर अहमेदले सर्वाधिक ४ विकेट लिए । मोहम्म्द नवाज र सलमान आघा र साहिन शाह अफ्रिदीले दुई–दुई विकेट लिए । 
यसअघि भएको पहिलो खेलमा पाकिस्तान दुई विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्