सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :तेस्रो तथा अन्तिम एक दिवशीय अन्तराष्ट्रिय सिरिजमा दक्षिण अफ्रिकाले पाकिस्तानसामु जितकालागि १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानको फैसलावादमा टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिका,३७.५ ओभरमा १४३ रनमा अलआउट भयो । उसकालागि क्वीन डि ककले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे । लुआन–ड्रे प्रिटोरियसले ३९ तथा कप्तान म्याथ्यू ब्रिट्ज्केले १६ रन बनाए ।
बलिङतर्फ अबरर अहमेदले सर्वाधिक ४ विकेट लिए । मोहम्म्द नवाज र सलमान आघा र साहिन शाह अफ्रिदीले दुई-दुई विकेट लिए । दुबै टोली आज जित निकाल्दै सिरिज जित्ने योजनामा छन् ।
यसअघि भएको पहिलो खेलमा पाकिस्तान दुई विकेटले विजयी भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो ।