वर्षाले विथोलियो अष्ट्रेलिया र भारतबीचको खेल

शनिबार, कात्तिक २२, २०८२

काठमाडौँ :भारत र अष्ट्रेलिया बीचको पाँचौं तथा अन्तिम टी–२० खेल वर्षाका कारण रद्द भएको छ ।

ब्रिस्बेनमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। खराब मौसमका कारण खेल रोकिँदासम्म भारतले ४.५ ओभरमा बिना विकेटको क्षतिमा ५२ रन बनाएको थियो ।

त्यतिबेला भारतका अभिषेक शर्मा २३ तथा शुभमन गिल २९ रनमा अविजित थिए । खेल रद्द भएसंगै शृखंला भने भारतले २–१ ले जितेको छ । यसअघि शृङ्खलाको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो।

अष्ट्रेलियाले दोस्रो टी–२० खेल जितेको थियो भने भारतले तेस्रो र चौथो खेल जितेको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्