हङकङ सिक्सेस :नेपालले  भारतलाई हरायो 

शनिबार, कात्तिक २२, २०८२

काठमाडौँ :नेपालले हङकङ सिक्सेसको बाउल समूहको पहिलो खेलमा भारतमाथि शानदार जित हात पारेको छ। शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नखोसी १३७ रनको विशाल योगफल बनायो। राशिद खानले मात्र १७ बलमा ५५ रनको विस्फोटक इनिङ खेले, जसमा ४ चौका र ६ छक्का समावेश थिए। उनी रिटायर्ड हर्ट भए। कप्तान सन्दीप जोरा ४७ रनमा अविजित रहे भने लोकेश बमले ३१ रनको योगदान दिए।

१३८ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३ ओभरमै अलआउट भयो। टोलीले जम्मा ४५ रन बनाउन सक्यो। भारतका चैपिली र प्रियांक पन्चालले समान १२–१२ रन बनाए भने अन्य ब्याटर टिक्न सकेनन्।

नेपालका बलरहरू उत्कृष्ट प्रदर्शनमा देखिए। राशिद खानले ३ विकेट लिए, बसिर अहमदले २ र रुपेश शिंहले १ विकेट हात पारे।

यस जितसँगै नेपालले प्रतियोगिताको सुरुवात नै दमदार प्रदर्शनका साथ गरेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्