T10 T10

हङकङ सिक्सेसमा नेपालकाे लगातार दाेस्राे हार

शनिबार, कात्तिक २२, २०८२

काठमाडौं :हङकङ सिक्सेसमा नेपालको प्रदर्शन निराशाजनक बन्दै गएको छ। लगातार दोस्रो खेलमा नेपाल पराजित भएको हो। आज दक्षिण अफ्रिकासँग खेल्दा नेपाल ४ विकेटले हार्यो।

पहिले ब्याटिङ गरेको नेपाल ३.३ ओभरमै ५८ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर सहज जित दर्ता गर्‍यो।

नेपालका लागि लोकेश बमले दुबै विकेट लिए भने ब्याटिङमा राशिद खानले सर्वाधिक १६ रनको योगदान दिए।

यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्