अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौँ :हङकङ सिक्सेसमा नेपाल पराजित भएको छ ।

आज सम्पन्न पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । मङककमा अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनायो । नेपालका लागि सन्दीप जोराले ५३ रन बनाए भने रशिद खान र आदील आलमले समान ११ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो । यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । उनले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् ।

त्यस्तै लोकेश बमले एक विकेट लिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्वाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन जोडे । अब नेपालले अर्को खेल भोलि बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्