विश्वकप लिग–२ मा नेपाल जित विहिन, युएईसंग फेरि ४ विकेटले हार्‍यो

बुधबार, कात्तिक १९, २०८२

काठमाडौँ :आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल जित विहिन बनेको छ ।

आज भएको आफ्नो अन्तिम खेलमा नेपाल घरेलुटोली युएइसंग ४ विकेटले पराजित भएसंगै नेपाल लिग २ मा जितविहिन बनको हो ।

जितकालागि नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसकालागि मुहम्मद साहदादले सर्वाधिक ९६ रनको योगदान गरे । मोहम्मद वासीमले ७६ तथा सोहिव खानले २९ रन जोडे । कप्तान आलिसान सराफुले १८ रन बनाए । बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि आईसीसी एकेडेमी ग्राउण्डमा टस हारेर  पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालकालागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान गरे । कुशल मल्लले ४६, दिपेन्द्र सिं ऐरीले ३७ तथा आशिफ शेखले ३४ रन जोडे । आरिफ शेखले ३० रन बनाउँदा रन बनाए । कप्तान रोहित पौडेल र कुशल भुर्तेल समान २–२ रनमा समेटिए ।

पौडले २ रन जाडेपनि एक दिवशीय अन्तराष्ट्रिय क्रिकेटमा उनले २ हजार रन पूरा गरेका छन् ।  

लिग– २ मा नेपाल हाल २० खेलमा १२ अंकसहित सातौं स्थानमा छ । समान खेलमा १० अकं जोडेको यूएई पुछारमा छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्