सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
कोलम्बो :सन् २०२६ को टी-२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि श्रीलंकाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा परिवर्तन गरिएको छ। विश्वकपको सुपर-८ चरणमा एउटै खेल जित्न नसकी बाहिरिएपछि मुख्य प्रशिक्षक सनथ जयसूर्याले आफ्नो पदबाट राजीनामा दिएका थिए।
जयसूर्याको बहिर्गमनसँगै श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकी दिग्गज ग्यारी कर्स्टनलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। भारतलाई सन् २०११ को विश्वकप जिताउन सफल भएका र पाकिस्तानको समेत प्रशिक्षक रहिसकेका कर्स्टनले आगामी अप्रिल १५ देखि श्रीलंकाली टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
विश्वकपमा समूह चरणमा राम्रो प्रदर्शन गरे पनि सुपर-८ मा टोलीको प्रदर्शन निकै फितलो देखिएको थियो, जसका कारण सेमिफाइनल पुग्न असफल भएपछि टोलीमा यो ठूलो फेरबदल गरिएको हो। कर्स्टनको आगमनसँगै श्रीलंकाली क्रिकेटले फेरि पुरानो लय समात्ने अपेक्षा गरिएको छ।