T10 T10

भारतलाई लगातार दोस्रो पटक टी–२० विश्वकपको उपाधि

आइतबार, फागुन २४, २०८२
Global

काठमाडौँ :आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।

आइतवार राती भएको फाइनलमा न्युजल्याण्डलाई ९६ रनले हराउँदै भारतले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक ऐतिहासिक उपाधि हात पारेको हो । यो संगै भारतले तीन पटक टी–२० विश्वकपको उपाधि जित्ने र लगातार दुई पटक ट्रफी कब्जा गर्ने विश्वकै पहिलो टोलीको किर्तमान समेत बनाएको छ । जितकालागि भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजल्याण्डले १९ ओभरमा सवै विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो ।

उसकालागि टीम साइफर्डले सर्वाधिक ५२ तथा कप्तान मिचेल सान्टरले ४३ रन बनाए । न्युजल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ जसप्रित बुमराहाले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले मात्र १५ रन खर्चेर ४ विकेट हात पारेका थिए । अक्षर पटेलले ३ तथा हार्दिक पाण्ड्या र बरुण चक्रवर्ती र अभिषेक शर्माले १–१ विकेट लिए ।

 
त्यसअघि नरेन्द्रमोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर २५५ रनको बलियो योगफल बनाएको थियो । उसकालागि सञ्जु साम्सैनले सर्बाधिक ८९ रनको योगदान गरे । इशान किशानले ५४ तथा अभिषेक शर्माले ५२ रन जोडे ।

यसअघि भारतले सन् २००७ मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि सन् २०२४ मा उपाधि जितेको भारतले यसपटक पनि उपाधि कब्जा गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  २३:०३
प्रतिक्रिया दिनुहोस्