सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :विश्वभरका पेशागत फुटबल खेलाडीहरूको प्रतिनिधित्व गर्ने संस्था फिफप्रोले इरान महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) लाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
सन् २०२६ को महिला एएफसी कप खेलिरहेका इरानी खेलाडीहरूलाई इरानको सरकारी टेलिभिजनका प्रस्तोता मोहम्मद रेजा शाहबाजीले “युद्धकालीन देशद्रोही” भन्दै कडा टिप्पणी गरेपछि यस्तो आग्रह गरिएको हो।
यसअघि अष्ट्रेलियामा भएको प्रतियोगिताको पहिलो खेलमा दक्षिण कोरियाविरुद्ध मैदान उत्रिँदा इरानका महिला खेलाडीहरूले राष्ट्रिय गान नगाएको विषयलाई लिएर विवाद सुरु भएको थियो।
इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङका प्रस्तोता शाहबाजीले सामाजिक सञ्जालमा फैलिएको भिडियोमा खेलाडीहरूले देशप्रतिको सम्मान नदेखाएको आरोप लगाएका छन्। उनले यस्तो व्यवहार “अपमानको चरम सीमा” भएको भन्दै युद्धकालमा देशद्रोहीहरूमाथि अझ कडा कारबाही हुनुपर्ने टिप्पणी गरेका थिए।
यस घटनापछि खेलाडीहरूको सुरक्षालाई लिएर चिन्ता बढेपछि फिफप्रोले फिफा र एएफसीलाई इरान महिला टोलीका खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो।