विश्वकप लिग–२ मा नेपाल अमेरिकासंग पराजित

शनिबार, कात्तिक १५, २०८२

काठमाडौँ :आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

आज भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासंग ४ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको २७२ रनको बलियो लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । अमेरिकाको जितमा सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको योगदान गरे । मिलन्द कुमारले ७० तथा शायन जहाँगीरले ३६ रन जोडे । कप्तान मोनांक पटेलले २१ रन बनाए । बलिङतर्फ सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि आइसीसी एकेडेमी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले ४९.५ ओभरमा सवै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालकालागि दिपेन्द्र सिं ऐरीले सर्वाधिक ७५ तथा करण केसीले ४९ रन बनाए । कुशल भुर्तेलले ४७ तथा भीम सार्कीले ४३ रन जोडे । कप्तान रोहित पौडेलले ३६ रन जोडे । गुल्शन झा ५ रनमा आउट हुँदा आरिफ र आशिफ शेखले २–२ रन जोडे ।

बलिङतर्फ हर्मित सिंले सर्वाधिक ३ विकेट लिए । जारी प्रतियोगितामा नेपाल जित बिहिन छ । पहिलो खेलमा अमेरिकासंग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईसंग ५ विकेटले पराजित भएको थियो ।

जितसंगै शीर्ष स्थानको अमेरिकाले ३४ अंक जोडेको छ । १९ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्