नेपालले अमेरिकालाई दियाे २७२ रनकाे बलियाे लक्ष्य

शनिबार, कात्तिक १५, २०८२

काठमाडौँ: आइसीसी विश्वकप एक दिवशीय लिग–२ क्रिकेटमा नेपालले अमेरिकासामु २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको आइसीसी एकेडेमी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल  १ बल बाँकी छँदै २७१ रनमा समेटियो ।  नेपालकालागि दिपेन्द्र सिं ऐरीले सर्वाधिक ७५ तथा करण केसीले ४९ रन बनाए । कुशल भुर्तेलले ४७ तथा भीम सार्कीले ४३ रन जोडे । कप्तान रोहित पौडेलले ३६ रन जोडे । गुल्शन झा ५ रनमा आउट हुँदा आरिफ र आशिफ शेखले २–२ रन जोडे । 
बलिङतर्फ हर्मित सिंले सर्वाधिक ३ विकेट लिए । जारी प्रतियोगितामा नेपाल जित बिहिन छ ।

पहिलो खेलमा अमेरिकासंग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईसंग पनि पराजित भएको थियो । नेपाल आज अमेरिकालाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्