नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्दै

शनिबार, कात्तिक १५, २०८२

काठमाडौँ :आइसीसी विश्वकप लिग–२ मा आज नेपालले अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ ।

जारी प्रतियोगितामा लगातार पराजय भोगिरहेको नेपाल पहिलो जितको खोजिमा हुनेछ । युएई,अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवशीय सिरिजमा नेपाल जितविहिन छ ।

पहिलो खेलमा अमेरिकासंग १०६ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा युएईसंग ५ विकेटले पराजित भएको थियो ।

युएइको आइसीसी एकेडेमीमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल अमेरिकालाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहान्छ । चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किएको नेपालको प्रदर्शन भने निकै कमजोर देखिएको छ । जारी लिगमा अमेरिका २२ खेलबाट १६ मा जित र ६ मा हारसंगै ३२ अंक सहित शीर्ष स्थानमा छ ।

२४ खेलबाट ३० अंक जोडेको स्कटल्याण्ड दोस्रो तथा २४ खेलबाटै २८ अंक सहित नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । १८ खेलबाट १२ अंक जोडेको नेपाल साँतौ स्थानमा रहँदा समान खेलबाट ८ अंक जोडेको युएई अंक तालिकाको पुछारमा छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०५:३०
प्रतिक्रिया दिनुहोस्