सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली क्रिकेटमा उत्साह र उर्जा फेरि चुलिएको छ ।
कारण हो, नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको दोस्रो संस्करण । मंसिर १ गतेदेखि सुरु हुने यो फ्रेन्चाइज टी–२० प्रतियोगिता अहिले नेपाली खेलकुदको केन्द्रबिन्दु बनेको छ । आयोजक नेपाल क्रिकेट संघ — क्यान ले यसलाई अझ भव्य बनाउन तयारी तिव्र बनाएको छ । त्रिवि क्रिकेट मैदानमा फ्लड लाईट जडान देखि प्यााफिट निर्माणको काम सकिएका छन् । मैदान आकर्षक रुपमा सजाईएको छ । पहिलो सिजनकै आठ टिम फेरि भिड्दै छन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र चितवन राइनोज । क्रिकेटप्रेमीका लागि अर्को खुसीको कुरा । यसपटक पनि टिमहरूले विदेशी स्टारहरू भित्र्याउन थालिसकेका छन्। अहिलेसम्म १९ विदेशी खेलाडी अनुबन्धित भइसकेका छन्, र सबैभन्दा सक्रिय टिम बनेको छ । चितवन राइनोज। चितवनले इंग्ल्यान्डका ब्याटर डेविड मिलान, अलराउन्डर रवि बोपारा, युगान्डाका अल्पेश रामजानी र पाकिस्तानका अनुभवी बलर सोहेल तान्भिरलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाट, नेदरल्यान्डका ब्याटर म्याक्स ओ’डाउड र अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई टोलीमा राखेको छ । जनकपुर बोल्ट्सले अमेरिकी ब्याटर लहिरु मिलान्था र दक्षिण अफ्रिकाका फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरेको छ । याद रहोस्, मिलान्थाको अर्धशतककै कारण जनकपुर पहिलो सिजनको च्याम्पियन बनेको थियो । काठमाडौँ गोर्खाजले पनि आकर्षक टोली तयार पारेको छ । दक्षिण अफ्रिकाका रिकार्डो भान्सकोनेसेलोज, अमेरिकाका मिलिन्द कुमार, र नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरास्मस टोलीमा छन् । तर सबैको ध्यान अहिले केन्द्रित छ विराटनगर किंग्सतर्फ — किनभने यसपटक उनीहरूले दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्याण्डका जर्ज मुन्से लगायतका चर्चित अनुहारहरु भित्र्याएका छन् ।
लुम्बिनी लायन्सले अस्ट्रेलियाका ब्याटर डार्सी शर्ट र इटालीका थोमस ड्राका, जबकि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका क्रिस लिन, र पोखरा एभेन्जर्सले इंग्ल्यान्डका विकेटकिपर–ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरिसकेका छन्।
सफलता, स्टार खेलाडी र रोमाञ्चक प्रतिस्पर्धासँगै, यसपटकको एनपीएलले नेपाली क्रिकेटको लोकप्रियतालाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।
मंसिर १ देखि २७ गतेसम्म, मैदान र दर्शक दुवै तात्नेवाला छन् ।