सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारत अष्ट्रेलियासंग पराजित भएको छ ।
आज भएको खेलमा घरेलुटोलीसंग भारत ४ विकेटले पराजित भएको हो । जितकालागि भारतले दिएको १२६ रनको लक्ष्य अष्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्सले सर्वाधिक ४६ रनको योगदान गरे । ट्राभीस हेडले २८ तथा जोश इङलिसले २० रन बनाए ।
त्यसअघि मेलवर्न रंगाशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको भारत १८.४ ओभरमा अलआउट हुँदै १२५ रनमा समेटिएको थियो । उसकालागि अभिषेक शर्माले सर्वाधिक ६८ तथा हर्षित रानाले ३५ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् । जितसंगै अष्ट्रेलियाले पाँच खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ ।