सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले युएइविरुद्द २३४ रनको लक्ष्य दिएको छ ।
युएइको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै २३३ रन बनायो । नेपालकालागि कप्तान रोहित पौडेलले शतकिय पारी खेल्दै सर्वाधिक १०९ रनको योगदान गरे ।
आशिफ शेखले ३५,आरिफ शेखले २७ तथा दिपेन्द्र सिं ऐरीले २३ रन जोडे । करण केसीले १३,कुशल भुर्तेलले ७ तथा भीम सार्कीले ३ रन बनाए । गुल्शन झाले खाता नै खोल्न सकेनन् ।