सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतविरुद्धको मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ ।
सिक्किमको पाल्जोर रंगशालामा आज साँझ भएको खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा दुबै टोली १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
नेपालको जितमा गोलकिपर अन्जना राना मगर नायक बनिन् । उनले भारतले प्रहार गरेको दुई ओटा पेनाल्टी रोकेकि थिइन् । पेनाल्टी सुटआउटकै लागि मुख्य प्रशिक्षक नविन न्यौपानेले पहिलो रोजाइमा खेलकी उषा नाथको ठाँउमा अन्जनालाई मैदान पठाईएका थिए ।
भारतले प्रहार गरेको एउटा प्रहार बाहिरिएको थियो । नेपालका लागि सविता राना मगर, रश्मिकुमारी घिसिङ र निशा थोकर गोल गरिन् । कप्तान अनिता बस्नेतको प्रहार बाहिरिएको थियो ।
खेलको ३० औँ मिनेटमा सौम्य गोगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मिकुमारी घिसिङले गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएकी थिईन् ।
नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को स्थानमा आज अनिता स्नेतले कप्तानी सम्हालेकी थिईन् ।