सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी एक दिवशीय विश्वप लिग–२ मा अमेरिकाको लगातार दोस्रो जित निकालेको छ ।
आज भएको खेलमा घरेलु टोली युईलाई ४ विकेटले हराउँदै अमेरिकाले दोस्रो जित निकालेको हो । जितकालागि युएईले दिएको २१२ रनको लक्ष्य अमेरिकाले ५ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
अमेरिकाको जितमा मिलिन्द कुमारले सर्वाधिक ७१ रनको योगदान गरे । कप्तान मोनाङ् पट्टेलले ५० तथा शुभम रञ्जानेले ४६ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको युईले निर्धारित ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो ।
युएईकालागि हर्षित कौशिकले सर्बाधिक ५३ तथा कप्तान राहुल चोपराले ३६ रन जोडे । जितसंगै शीर्ष स्थानको अमेरिकाले ३२ अंक जोडेको छ ।