सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज साँझ भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका जितमा दुबै गोल कप्तान साबित्रा भण्डारी साम्बाले गरिन् । खेलको अन्तिम समयमा भारतले नेपाल विरुद्ध गोल फर्काएको थियो । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।
यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो ।