सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टी–२० सिरिजमा आज बंगलादेश र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।
तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुन लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे बंगलादेशको वीर श्रेष्ठ फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान स्टेडियम, चट्टोग्राममा सुरु हुनेछ । यसअघि घरेलु टोली बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज जितेको थियो ।
एकदिवसीय सिरिज जितेको बंगलादेश पहिलो खेलमा वेस्ट इन्डिजलाई हराउँदै जितको शिलशिला कायम राख्न चाहन्छ । उता वेस्ट इन्डिज घरेलु टोलीलाई उसकै मैदानमा पराजित गदै टी–२० सिरिजमा १–० को अग्रता बनाउन चाहन्छ ।