सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारतविरुद्ध मैत्रीपूर्ण खेलमा उत्रिँदैछ । खेल भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा आज साँझ सवा ६ बजे सुरु हुने तय भएको छ।
फिफा वरियतामा नेपाल ८९औँ स्थानमा रहेको छ भने भारत ६३औँ स्थानमा छ। दुवै टिमबीच अहिलेसम्म १८ पटक भिडन्त भएको छ । तीमध्ये नेपालले २ खेलमा जित हात पार्दा ५ खेल बराबरीमा टुंगिएका छन् । बाँकी ११ खेल भारतले आफ्नो पक्षमा पार्न सफल भएको छ ।
हालैको तयारी खेलमा नेपाल इरानसँग ३–० को हार व्यहोरेको थियो। त्यस अनुभवलाई सुधार्दै टोली आजको खेलमा सशक्त प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा भण्डारी (साम्बा) को कप्तानीमा २३ सदस्यीय टोली पठाएको छ।
नेपाली महिला फुटबल टोली: गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ डिफेन्डर: निशा थोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर, हिरा कुमारी भुजेल मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, दीपा शाही फरवार्ड: रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, सावित्रा भण्डारी