विश्वकप लिग–२

अमेरिकासंग १०६ रनले हार्‍यो नेपाल

आइतबार, कात्तिक ९, २०८२

काठमाडौँ :आइसीसी एक दिवशीय विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।

आज भएको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासंग १०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । जितकालागि अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सवै विकेट गुमाउँदै १५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वााधिक ४० रनको योगदान गरे । आसिफ शेखले ३७ तथा भीम सार्कीले २९ रन बनाउँदा आरिफ शेखले २० रन जोडे । कप्तान रोहित पौडेल २ रनमा आउट हुँदा कुशल भुर्तेलले खाता नै खोल्न सकेनन् ।

त्यसअघि युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । उसकालागि स्मिथ पटेलले सर्वाधिक ७५ रनको योगदान गरे । मिलान्ड कुमारले अविजित ७० रन बनाउँदा साइतेजा मुक्कामल्लाले ४२ र बनाएका थिए ।

जितसंगै अमेरिका २१ खेलबाट ३० अंक सहित लिग टु को शीर्ष स्थानमा उक्लिएको छ । १७ खेल खेलेको नेपाल १२ अंक सहित साँतौ स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत भोली अमेरिका र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्