सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी एकदिवसीय विश्वकप लिग–२ सिरिजअन्तर्गत अमेरिकाले नेपालसामु २६३ रनको लक्ष्य दिएको छ ।
यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटिङमा तानिएको अमेरिकाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो । अमेरिकाका लागि समित पटेलले सर्वाधिक ७५ रन बनाए ।
मिलिन्द कुमारले ७० ,सैतेजा मुक्कामल्लाले ४२, शुभम रञ्जनेले १९ तथा हरमित सिंहले १६ रनको योगदान गरे । नेपालका सन्दिप लामिछानेले २ तथा करण केसी, दिपेन्द्रसिह ऐरी र सोमपाल कामीले समान १-१ विकेट लिए ।
२६२ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन् ।