विश्वकप लिग–२ : नेपाल आज  अमेरिकासंगै भिड्दै

आइतबार, कात्तिक ९, २०८२

काठमाडौँ :आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।

यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली हालै यूएई पुगेको छ। क्रिकेट एसोसिएशन अफ नेपाल क्यान ले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हङकङ सिक्सेसका लागि पठाउँदै विश्वकप लिग–२ खेल्ने टोलीमा भीम सार्की, शाहब आलम र अनिल साहलाई समावेश गरेको छ।

लिग–२ अन्तर्गत यूएई र अमेरिकाविरुद्धको शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुनेछ।
नेपालले पहिलो खेलमा आज बिहान ११ः१५ बजे अमेरिकासँग खेल्ने छ। त्यसपछि दोस्रो खेल कात्तिक १३ गते यूएईसँग हुनेछ। तेस्रो खेलमा नेपालले कात्तिक १५ गते पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल कात्तिक १९ गते यूएईविरुद्ध हुनेछ।

हालसम्म विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्कसहित सातौँ स्थानमा रहेको छ। समान खेल खेलेको यूएई ६ अङ्कका साथ आठौँ स्थानमा छ।
२० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

-यस्तो छ लिग -२ को अंक तालिका :

स्थान टिम खेलेका खेल जित हार बराबरी/रद्द अंक नेट रनरेट (NRR)
स्कटल्याण्ड  २४ १३ ३० ०.९२५
संयुक्त राज्य अमेरिका  २० १४ २८ ०.७५८
नेदरल्यान्ड्स २४ १३ २८ ०.१६५
ओमान  २० ११ २४ ०.०५७
क्यानडा  २४ १२ २१ -०.२०९
नामिबिया  २४ १४ १९ -०.५०२
नेपाल  १६ १२ -०.१३८
संयुक्त अरब इमिरेट्स  १६ १३ -१.२९४

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०५:००
प्रतिक्रिया दिनुहोस्