सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतले सिड्नीमा सम्पन्न तेस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।
भारतीय पूर्ब कप्तान रोहित शर्माले १२१ रनको विजयी शतक प्रहार गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए । रोहितसँगै विराट कोहलीले पनि ७० रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए। यद्यपि भारतले तेस्रो खेल जिते पनि सिरिज २–१ ले अस्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ ।
जितकालागि अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य भारतले ३८.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो । यो शुभमन गिलका लागि एकदिवसीय कप्तानको रूपमा पहिलो जित पनि बनेको छ ।
बलिङतर्फ हर्षित राणाले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएका थिए ।