सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालसँग प्रतिस्पर्धा गर्न अमेरिकाले आफ्नो अन्तिम टोली सार्वजनिक गरेको छ। यूएस क्रिकेटले मोनाक पटेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
यो प्रतियोगिता भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु हुँदैछ। तीन टोली — नेपाल, अमेरिका र यूएई — ले एकअर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन्। उद्घाटन खेलमा भोलि नेपाल र अमेरिका आमनेसामने हुने छन्। खेल बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ।
यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा र यूएईले राहुल चोपडाको नेतृत्वमा टोली घोषणा गरिसकेका छन्।
लिग–२ को हालसम्मको अंकतालिका अनुसार नेपाल १६ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा रहेको छ। यूएई भने १६ खेलमा ६ अंक मात्र जोड्दै अन्तिम स्थानमा छ।
अमेरिकाको १५ सदस्यीय टोली:
मोनाक पटेल (कप्तान), जेसी सिंह, सौरभ नेत्रावलकर, रुशिल उगरकर, नोस्थुश केन्जिगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहान्गिर, जुआनोय ड्रिसडेल, सञ्जय कृष्णमूर्ति, हरमित सिंह, यासिर मोहम्मद, साइतेजा मुक्कामल्ला, शुभम रञ्जने र एन्ड्रिज गौस।