diwpawali diwpawali

काभा भलिवल :नेपालले आज तुर्कमिनिस्तानसँग खेल्दै

बुधबार, कात्तिक ५, २०८२

काठमाडौं : बंगलादेशमा आजदेखि सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कप सुरु हुँदैछ।

अक्टोबर २२ देखि २८ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले तुर्कमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। खेल विहान १० बजे सुरु हुने तालिका छ।

नेपालले दोस्रो खेलमा अक्टोबर २३ मा घरेलु टोली बंगलादेशसँग तथा तेस्रो खेलमा अक्टोबर २४ मा माल्दिभ्ससँग सामना गर्नेछ। त्यसपछि एक दिनको विश्राम लिएर नेपालले चौथो खेलमा अफगानिस्तानसँग र अन्तिम खेलमा अक्टोबर २७ मा श्रीलंकासँग खेल्नेछ।

मुख्य प्रशिक्षक भरत यादवको नेतृत्वमा टोलीको कप्तानी हरिहजुर थापाले गर्ने भएका छन्।

आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरलाई एनभिएले गत शुक्रबार दोस्रो पटक कप्तानमा नियुक्त गरेको हो।

दुई वर्षअघि पहिलो पटक कप्तान बनेका हरिहजुर अनुशासनहीन कार्यका कारण एक महिनामै निलम्बनमा परेका थिए। त्यसपछि कप्तानी मानबहादुर शाहीलाई दिइएको थियो, तर उनी अष्ट्रेलिया पलायन भएपछि टोली लामो समयदेखि कप्तानविहीन थियो।

राउन्ड–रोबिन लिग प्रणालीमा हुने यो प्रतियोगितामा सहभागी सबै टोलीहरूले एक–अर्कासँग खेल्नेछन्।

cava-1761099409.jpg


 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्