सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
मेलम्ची । भोटेचौरमा सम्पन्न तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्टार युवा क्लबले हात पारेको छ। आज भएको फाइनल खेलमा सृजनशील युवा क्लबलाई २५२३ र २५ १९ को सोझो सेटमा पराजित गर्दै योङ स्टारले उपाधि हात पारेको ।
उसले उपाधिसँगै १ लाख रुपैयाँ नगद समेत प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सृजनशील क्लबले ५० हजार रुपैयाँ पाएको छ ।
त्यस्तै मेलम्ची २ लाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको मेलम्ची १२ ले २५००० नगद प्राप्त गरेको छ।
वडा नम्बर १ को सहयोग र भोटेचौर स्पोर्ट्स क्लबको आयोजनामा २ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा टोली सहभागी भएका थिए।