diwpawali diwpawali

दुवाचौरका दुई प्रतिष्ठित क्लबहरु सृजनशील युवा क्लब र योङ स्टार युवा क्लब उपाधिका लागि भिड्दै 

मंगलबार, कात्तिक ४, २०८२

मेलम्ची : भोटेचौरमा जारी तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि सृजनशील युवा क्लब र योङ स्टार युवा क्लब बीच प्रतिस्पर्धा गर्ने भएको छ। 

आज भएको पहिलो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर २ लाई २-० को सोझो सेटमा पराजित गर्दै सृजनशील युवा क्लबले फाइनलमा स्थान बनाएको हो। 

त्यस्तै दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर १२ लाई २-० को सोझो सेटमा पराजित गर्दै मेलम्ची ७ कै योङ स्टार युवा क्लबले सृजनशील युवा क्लबसँगको फाइनल भेट पक्का गरेको हो। 

अब चाहिँ फाइनलमा पराजित दुई टोलीहरू मेलम्ची नगरपालिका वडा नम्बर २ र वडा नम्बर १२ बीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्