सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
विशन–ईश्वरी जेभीले एकै दिन दुई वटा पोल ठड्याएसँगै ६ वटै हाइमास्ट लाइट पोल उठाउने काम सम्पन्न भएको हो। आयोजना प्रमुख चक्रवर्ती कण्ठका अनुसार रंगशालामा ४५ र ६० मिटर अग्ला, ३०÷३० टनका ६ वटा पोल जडान गरिएको छ । पोल नम्बर १, ४, ५, र ६ मा आंशिक रूपमा फ्लडलाइट जडान भइसकेको छ भने बाँकी दुई पोलमा लाइट जडानको काम भईरहेको छ ।
आज साँझ पनि मैदानमा फ्लडलाइटको परिक्षण गरिएको छ । पारापिट निर्माण र फ्लडलाइट जडानका लागि दुई फरक जेभी कम्पनीसँग सम्झौता गरिएको हो। बीकेओआई–केसीडीसी–बीजी जेभीले पारापिट निर्माणको लागि ४९ करोड २५ लाख रुपैयाँ, र विशन–ईश्वरी जेभीले फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेका थिए । फागुन २०८१ मा सुरु गरिएको पारापिट निर्माण ६० दिनमा सक्ने लक्ष्य थियो। तर, काम समयमै नसकिएपछि ३० असारसम्म समय थप गरिएको थियो।
निर्धारित समयभित्र पनि काम नसकिएपछि निर्माण कम्पनीलाई दैनिक दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गराउँदै काम अघि बढाइएको थियो। हाल पारापिट निर्माणको काम भने सकिएको छ ।
त्रिवि क्रिकेट मैदानमा यसपटक साँझको समयमा नेपाल प्रिमियर लिग एनपिएलका खेलहरु खेलाईने तयारी छ । एनपिएल आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।