सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एकदिवसीय क्रिकेट सिरिजमा अस्ट्रेलियाले भारतविरुद्ध शानदार जित निकालेको छ ।
आज सम्पन्न बर्षाले प्रभावित पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई डकवर्थ–लुइस नियमअनुसार ७ विकेटले पराजित गरेको हो । भारतले २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले २१.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । भारतका पूर्व कप्तानद्वय रोहित शर्मा र विराट कोहलीले खासै प्रदर्शन गर्न सकेनन् ।
रोहित ८ रनमा आउट भए भने विराट शून्य रनमै पवेलियन फर्किएका थिए । उसकालासगि के एल राहुलले सर्वाधिक ३८ तथा अक्षर पटेलले ३१ रन बनाए । जितसंगै अष्टेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
सिरिजको दोस्रो खेल आउँदो बिहीबार हुनेछ ।