diwpawali diwpawali

हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

आइतबार, कात्तिक २, २०८२

काठमाडौँ :हङकङ सिक्सेसका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेटसंघ क्यानले आज शरद भेषावकरको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा शरदसँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल अन्सारी, रशिद खान र रुपेश सिंह छन् । गत वर्ष पनि नेपालले सन्दीपको कप्तानीमा प्रतियोगिता खेलेको थियो । उक्त टोलीमा सन्दीपसहित लोकेश, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दिपेन्द्र रावत र राशिद खान थिए ।

सो प्रतियोगितापछि भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको क्यानले जनाएको छ । प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्ड हङकमा हुँदैछ । प्रतियोगितामा नेपालसहित १२ राष्ट्र सहभागी हुँदैछन् ।

नेपाल रहेको समूह ‘ए’ मा दक्षिण अफ्रिका र अफगानिस्तान छन् । गत वर्ष सानदार प्रदर्शन गर्दै नेपाल सेमिफाइनलसम्म पुगेको थियो। तर, यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

568410868_1273484788141232_5317677034763355787_n-1760883439.jpg


 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्