सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई निलम्बित भएका छन् ।
संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव राईलाई आज निलम्बन गरेका हुन् । राईले साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गरेको एन्फाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
राईलाई सोधिएको स्पष्टीकरणको जवाफ समेत नदिएपछि राईलाई अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको हो । उक्त अबधि सम्मकालागि कार्यवाहक महासचिवका रुपमा सहायक महासचिव दामोदर भट्टराईलाई जिम्मेवारी दिईएको छ ।