diwpawali diwpawali

लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

शनिबार, कात्तिक १, २०८२

काठमाडौँ :आइसीसी विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज कप्तान रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान पौडेलसंगै उपकप्तान दिपेन्द्र सिं ऐरी,सन्दीप लामीछाने,आशिफ शेख,अनिल शाह ,कुशल भुर्तेल ,सोमपाल कामी र करण केसी रहेका छन् ।

यस्तै नन्दन यादब,भीम सार्की,कुशल मल्ल,आरिफ शेख,ललित राजवंशी,गुल्शन झा र शाहब आलम रहेका छन् । विश्वकप छनोटको टोलीबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिँदा भीम सार्की, शाहब आलम र अनिल साह टोलीमा आएका छन् ।
विश्वकप लिग–२ मा नेपालले घरेलुटोली युएई र अमेरिकासंग खेल्नेछ । विश्वकप लिग–२ आगामी २६ अक्टोबरदेखि ५ नोभेम्रबसम्म युएईका हुँदैछ ।

आफ्नो पहिलो खेलमा नेपालले अक्टोबर २६ मा अमेरिकासंग खेल्ने छ । नेपाली टोली लिग २ खेल्न ओमानबाट सिधै युएई प्रस्थान गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्