सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :एएफसी महिला यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपाल आज घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल थाइल्यान्डको चोनबुरी रंगशालामा नेपाली समयअनुसार बेलुका ५ः१५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा तुर्कमेनिस्तानसँग बराबरी खेलेको थियो । हिलाम्मे मैदानमा धेरै अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा नेपालले अंक बाँड्न बाध्य भएको थियो ।
थाइल्यान्ड भने पहिलो खेलमै बलियो प्रदर्शन गर्दै तुर्कमेनिस्तानलाई १७–० ले हराएको थियो । त्यसैले आजको खेलमा नेपालका रक्षक अलिजा कुमारी बिक र मिनमाया श्रेष्ठमाथि ठूलो जिम्मेवारी रहनेछ । गोलकिपर भरना डुम्राकोटी पनि व्यस्त रहने अनुमान गरिएको छ ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीले आजको खेलमा रक्षात्मक रणनीति अपनाउने बताएका छन् । उनका अनुसार, “थाइल्यान्ड बलियो टोली हो, त्यसैले हामी काउन्टर आक्रमणको मौका खोज्नेछौं।”
नेपालले पहिलो खेलमा ४–४–२ फर्मेशनमा खेलेको भए पनि आज ५–४–१ मा उत्रिने अनुमान गरिएको छ । यसपटक रक्षक अन्सु बिकले पनि अवसर पाउने सम्भावना छ ।
समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष चीनमा हुने एएफसी महिला यू–१७ एसियन कप मा प्रत्यक्ष स्थान बनाउनेछ ।