सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :टी–२० विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।
बुधवार राती भएको खेलमा घरेलुटोलीलाई हराउँदै नेपालले अपराजित यात्रा कायमै राखेको हो । जितकालागि नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो ।
उसकालागि बिनायक शुक्लाले सर्वाधिक ३२ तथा मोहम्मद नादिमले २५ रन जोडे । बलिङतर्फ गुल्शन झाले ३ विकेट लिए । सोमपाल कामी र नन्दन यादबले समान २-२ विकेट लिँदा सन्दीप लामीछाने १ विकेट हात पारे ।
त्यअघि अलअमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालकालागि ओपनर कुशल भुर्तेलले दबाबपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । ५१ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गर्दै ६९ रन जोडे ।
नेपालले पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ६१ रनको साझेदारी गरेपछि लगातार विकेट गुमाएको हो । शेख २४ रनमा आउट भएका थिए । गुल्शन झाले १८ तथा आदिल आलमले १६ रन बनाउँदा कुशल मल्ल ७, दीपेन्द्रसिंह ऐरी २ तथा कप्तान रोहित पौडेलले १ रन जोडे ।
नन्दन यादब ९ रनमा अविजित रहँदा सोमपाल कामीले १ रन जोडे । लोकश बमले खाता नै खोल्न सकेनन् ।
बलिङ तर्फ नादिम खानले सर्वाधिक ४ विकेट लिए ।
जितसंगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।