नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

बुधबार, असोज २९, २०८२

काठमाडौं: टी–२० विश्वकप एसिया छनोटमा नेपालले ओमान सामु जितकालागि १५२  रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अलअमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो । नेपालकालागि ओपनर कुशल भुर्तेलले दबाबपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे ।

५१ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गर्दै ६९ रन जोडे ।  नेपालले पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ६१ रनको साझेदारी गरेपछि लगातार विकेट गुमाएको हो ।

शेख २४ रनमा आउट भएका थिए । गुल्शन झाले १८ तथा आदिल आलमले १६ रन बनाउँदा कुशल मल्ल ७, दीपेन्द्रसिंह ऐरी २ तथा कप्तान रोहित पौडेलले १ रन जोडे । नन्दन यादब ९ रनमा अविजित रहँदा सोमपाल कामीले १ रन जोडे ।

 लोकश बमले खाता नै खोल्न सकेनन् । बलिङ तर्फ नादिम खानले सर्वाधिक ४ विकेट लिए । 
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्