सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।
आज भएको सुपर सिक्स अन्तर्गतको खेलमा युएईले सामोआलाई ७७ रनले हराएसंगै नेपाल दुई खेल खेल्न बाँकी छँदै टी–२० विश्वकपमा छनौट भएको हो । नेपाल लगतार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको हो । जितकालागि युएईले दिएको २२६ रनको विशाल लक्ष्य पछ्याएको सामोआले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५०रन मात्र बनाउन सक्यो ।
सामोआकालागि बेञ्जामिन मआईल्ताले सर्वाधिक ३९ रन बनाए । स्यामुअल फ्रेञ्चले रन जोडे । त्यसअघि अलअरिात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २२५ रन बनाएको थियो ।
उसकालागि आलिसान सराफुले सर्वाधिक ८६ रनको योगदान गरे । राहुल चोपराले ६२ तथा हर्षित कौशिकले अविजित ४४ रन बनाएका थिए ।
युएईको जितले नेपलसंगै ओमान पनि विश्वपमा पुगेको छ । टी–२० विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुँदैछ ।