सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एक दिवशीय वरियतामा अफगानिस्तानका खेलाडीहरु बर्चस्व जमाएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आज सार्वजनिक गरेको एक दिवशीय बलिङ वरियतामा अफगानिस्तानका राशिद खानले कब्जा जमाएका छन् । यसअघि पाँचौ स्थानमा रहेका खान ७१० रेटिङ सहित शीर्ष स्थानमा पुगेका हुन् ।
अफगानिस्तानै अज्मतुल्लाह ओमारजाई एक दिवशीय अलराउण्डर तर्फको शीर्ष स्थानमा पुगेका छन् । उनले वरियतामा एक स्थान सुधार गरेका हुन् ।
अफगानिस्तानकै इब्राहिम जद्रान एक दिवशीय ब्याटिङ वरियताको दोस्रो स्थानमा पुगेका छन् । उनले ८ स्थान सुधार गरेका हुन् ।
एक दिवशीय बलिङतर्फ नेपालका ललित राजवंशी दुई स्थान सुधार गर्दै ४७ औँ स्थानमा छन् ।
सन्दीप लामीछानेले पनि दुई स्थान सुधार गर्दै ५५ औँ स्थानमा पुगेका छन् । दिपेन्द्र सिं ऐरीको भने वरियता एक स्थान खस्किएर ७४ औँ स्थानमा छन् । करण केसी र सोमपाल कामीको वरियता यथावत छ । केसी ७९ तथा कामी ९२ औँ स्थानमा छन् ।