कुशल भुर्तेलको ब्याटिङ वरियतामा तीन स्थान सुधार! अन्यको कति ?

बुधबार, असोज २९, २०८२

काठमाडौँ :टी–२० ब्याटिङ वरियतामा नेपालका कुशल भुर्तेलले ३ स्थान सुधार गरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा भुर्तेल ७९ औँ स्थानमा छन् । यसअघि उनी ८२ औँ स्थानमा थिए । दिपेन्द्र सिं ऐरीको वरियता ६ स्थान तल झरेर ७१ औँ स्थानमा आईपुगेका छन् । कप्तान रोहित पौडेल र आशिफ शेखको पनि वरियता एक–एक स्थान खस्किएको छ । वरियताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा यथावत छन् ।

टी–२० बलिङतर्फ ललिज राजवंशी ११ स्थान तल झर्दै ६२ औँ स्थानमा आईपुगेका छन् । दिपेन्द्र सिं एैरीले भने वरियतामा दुई स्थान सुधार गर्दै ७० औँ स्थानमा आईपुगेका छन् । सन्दीप लामीछानेको पनि वरियतामा एक स्थान सुधार भएको छ ।

नयाँ वरियतामा उनी ८२ औँ स्थानमा छन् । अलराउण्डरतर्फ दिपेन्द्र सिं ऐरी चौथो स्थानमा यथावत रहँदा कप्तान रोहित पौडेलले ४ स्थान सुधार गर्दै ४२ औँ स्थानमा छन् । गुल्शन झाले वरियतामा ९ स्थान सुधार गर्दै ४९ औँ स्थानमा छन् ।

कुशल मल्लको वरियता १३ स्थान तल झरेको छ । नयाँ वरियतामा उनीश्र ७९ औँ स्थानमा छन् । करण केसीको पनि वरियता ८ स्थान खस्किदैँ ९० औँ स्थानमा छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्