सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा दुवै टोली अपराजित छन्। समान ६–६ अंकसहित ओमान शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहेको छ। आजको भिडन्तले अंक तालिकाको अग्रता टुङ्ग्याउने सम्भावना भएकाले खेल निकै रोमाञ्चक र निर्णायक हुने अपेक्षा गरिएको छ।नेपालले आज ओमानलाई पराजित गरेमा एक खेल अगावै विश्वकपमा स्थान सुरक्षित गर्नेछ । त्यसैले आजकाे खेल फाइनल सरह हुनेछ ।
त्यस्तै, आजै बिहान ११:४५ बजे जापान र कतारबीच खेल हुनेछ भने दिउँसो ४:१५ बजे यूएई र सामोआ आमनेसामने हुनेछन्।
नेपालले सुपर सिक्स चरणको आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।
प्रतियोगिता सकिएपछि शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि स्थान सुनिश्चित गर्नेछन्।