सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले कतार विरुद्द ५ रनको नाटकिय जित निकालेको छ ।
पुरै एकपक्षिय रुपमा कतारको हातमा रहेको खेलमाथि नेपालले कब्जा जमाएको हो । कतारलाई हराउन सन्दीप लामीछाने नायक बने । उनले सर्वाधिक ५ विकेट लिए ।
जितकालागि नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १ बल बाँकी छँदै १४२ रनमा समेटियो । उसकालागि लियानागेले ५६ तथा जुबेर अलिले ५२ रन बनाए । टस हारेरसुरुवाती ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान गरे ।
दिपेन्द्र सिं ऐरीले २६ ,गुल्शन झाले १६ , सोमपाल कामीले १४ तथा आशिफ शेखले ११ रन जोडेपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।