सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले कतारसँग टस हारेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि नेपाल सुरुवाती ब्याटिङमा तानिएको हो ।
नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ । प्रशिक्षक स्टुअर्ड लले ललित राजंशीलाई बेञ्चमा राख्दै आदिल आलमलाई मौका दिएका छन् । नेपाल कतारलाई हराउँदै विश्वकपयात्रा सहज बनाउने दाउमा छ । यसअघि भएको सुपर सिक्स अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ रनले हराएको थियो । नेपाल र कतारबीच अहिलेसम्म तीन खेल भएका छन् ।
जसमा नेपालले दुई खेल जित हात पारेको छ भने कतारले एक खेलमा जित निकालेको छ । सन् २०१९ मा भएको विश्वप छनौटमा नेपाल कतारसंग अकल्पनीय हार भोगेको थियो । नेपाल आजको खेलमा उच्च लय कायम राख्दै लगातार चौथो जित निकाल्ने लक्ष्यमा छ भने कतार विश्वकपमा छनोट हुने सम्भावना जिवित राख्ने प्रयासमा रहनेछ । आजै भएको पहिलो खेलमा घरेलु टोली ओमानले युएईलाई ५ विकेटले हराएको छ । जितकालागि युएईले दिएको ११३ रनको मध्यम लक्ष्य ओमानले २ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो । ओमानको जितमा अदिम खान र जतिन्दर सिंले समान ३३÷३३ रनको योगदान गरे ।
त्यसअघि अलअमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । युएईकालागि कप्तान मोहम्मद वासीमले सर्वाधिक २२ तथा हर्षित कौशिकले १९ रन बाएका थिए । जितसंगै शीर्ष स्थानको ओमानले ६ अंक बनाएको छ ।