सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले यूएईसामु जितका लागि १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षेतिमा १ सय ४० रन बनाएको हो । नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ४७ बलमा ५१ रन बनाएर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १९ बलमा २० रन बनाए ।
गुलसन झाले ५ बलमा १४ रन बनाउँदा दिपेन्द्र सिह ऐरीले १ तथा कुशल मल्लले १० रन बनाए ।
युएईका हर्शित कौशिकले ३ विकेट लिए ।