जापानलाई ५ विकेटले हराउँदै नेपाल समुह बिजेता

शुक्रबार, असोज २४, २०८२

काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले जापानलाई पराजित गरेको छ ।

आज भएको समुह चरणको अन्तिम खेलमा नेपालले जापान विरुद्द ५ विकेटको जित निकालेको हो ।

जितकालागि जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३८ रनको योगदान गरे । गुल्शन झाले २७ कुशल भुर्तेलले २१ दिपेन्द्र सिं ऐरीले १४ रन बनाए  ।

कप्तान रोहित पौडेलले १८ , सन्दीप जोराले ५ तथा कुशल मल्लले ४ रन जोडे । 

 जितसंगै नेपालले सुपर सिक्समा दुई अंक जोडेको छ ।

त्यसअघि ओमानको अल अमिरात ओमान क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको जापानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।

उसकालागि केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६०,ईसम रहमानले ३१ तथा बेन्जामिन इटोले १७ रन बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । इब्राहिम ताकाहाशीले ४,रन बनाउदा अभिषेक आनन , डेक्लान सुजुकी  र सबौरिश रविचन्द्रनले १–१ रन बनाए ।

बलिङतर्फ सन्दीप लामीछाने र गुल्शान झाले समान २–२ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्